२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कृष्ण भगवानको मूर्ति सहित धनमाल चोरी

२०७८ मंसिर २२, बुधबार प्रकाशित ( साल अघि) ११३९ पाठक संख्या

कावासोती । नवलपुरमा कृष्ण भगवानको मूर्ति सहित धनमाल चोरी भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका-६ स्थित निलकण्ठ आचार्यको मुक्तिनाथ ज्योतिष केन्द्रबाट १ थान कृष्ण भगवानको मूर्ति, चाँदीको दियो लगायत करिब ९४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको हो ।

उक्त केन्द्रमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय त्रिवेणीबाट खटिएको प्रहरीले शंकास्पद १ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस