कावासोती । नवलपुरमा डुबेर एक जनाको मृत्यु भएको छ ।
देवचुली नगरपालिका-१७ कुजौलीस्थित इँट्टाभट्टाको पोखरीमा डुबेर सोही इँट्टाभट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-१५ घर भएका विज्ञान माझीको छोरा ४ वर्षीय बिक्रम माझीको सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
पोखरीमा डुबेर अशक्त भएको उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।