२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

शिक्षक आयोगद्वारा मावि तहको खुलातर्फ १५४४ दरवन्दीमा विज्ञापन, परीक्षा चैत १५ मा

२०७८ मंसिर २८, मंगलबार प्रकाशित ( साल अघि) ९४१ पाठक संख्या

काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फ १ हजार ५ सय ४४ दरवन्दीका लागि विज्ञापन गरेको छ । इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्व शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जनाएको छ।

आयोगका अनुसार उक्त विज्ञापनको परीक्षा आगामी चैत्र १५ गते परीक्षा सञ्चालन हुने छ । आयोगले परीक्षा आवेदन फारम अनलाइनबाट पनि भर्न सकिने जनाएको छ ।

आयोगले बुधवारको गोरखापत्रमा सूचना सार्वजनिक गरेर मात्रै आफ्नो वेबसाइटमा राख्ने जनाएको छ । साथै, अन्य तहको विज्ञापन पनि क्रमशः गर्दै आयोगले स्पष्ट पारेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस