२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

श्रमजीवी महिलाहरुको श्रम सम्मानको लागि सामुहिक एक्यवद्धता आवश्यक: सहभागिहरु

२०७८ पौष ११, आईतबार प्रकाशित ( साल अघि) १०५५ पाठक संख्या

काठमाण्डौ । श्रमजीवी महिलाहरुको श्रम सम्मानको लागि सामुहिक एक्यवद्धता आवश्यक रहेको काठमाण्डौमा भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।

शुक्रवार शुभ अवसर ग्राम नेपालको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख सरीता दाहालले, सामाजिक विषय सबैको सरोकारको विषय भएकोले श्रमजीवी महिलाहरुको श्रम सम्मानको लागि आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने बताउनु भयो । साथै समन्वय र सहकार्य विना कोहि पनि गन्त्वयसम्म पुग्न नसक्ने भएकोले सामुहिक रुपमा अघि बढनुको विकल्प नभएको दाहालले बताउनु भयो त्यसैगरी काठमाण्डौ जिल्लाको ११ वटा नगरपालिकाले आफनो वडाहरुमा रहेका खाजाघर तथा होटलहरको वस्तु अवस्थाको बारेमा लिखित दस्तावेज राख्न समेत आग्रह गर्नु भएको थियो । कार्यक्रममा कितिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्काले, असंगठित मजदुरहरुको अभिलेख स्थानीय तहले राख्न नसकेको तर विपिन्न वर्गलाइ सीप मूलक तालिम दिएर दक्ष बनाएको बताउनु भयो ।

कार्यक्रममा शुभ अवसर ग्राम नेपालका कार्यक्रम व्यवस्थापक प्रदिप तिवारीले मनोरञ्जन क्षेत्रको सवालमा धेरै कामहरु भएपनि आजको दिनसम्म आइपुग्दा दोहरी साझ,डान्सबार तथा खाजाघरमा काम गर्ने श्रमिकहरुले समाजिक न्याय पाउन नसकेको बताउदै स्थानीय निकाय र सामाजिक सस्थाको पहलमा श्रमिकहरुको सम्मानको वातावरण बन्न सक्ने औल्याउनु भयो । महिला बालबालिका उपर हुने जघन्य अपराध सभ्य समाजको लागि राम्रो विषय नभएकोले शुभ अवसर ग्राम सामाजिक अपराध न्युनिकरणको लागि स्थानीय तहसँग मिलेर काम गर्न तयार रहेको बताउनु भयो ।

त्यसैगरी मनोरञ्जन क्षेत्रको श्रमिकहरुको अवस्था बुझन महिलाको निम्ति महिला मञ्च नेपालले काठमाण्डौ महानगरपालिका वडा नम्बर २६ सँगको सहकार्यमा गोगंबु , ठमेल र रानीवन क्षेत्रमा गरेको सर्वेक्षणको प्रस्तुती गरेको थियो । प्रस्तुती उपर बोल्दै कार्यक्रम अधिकृत मनिला शाक्यले २ सय १६ वटा मनोरञ्जन क्षेत्रमा सर्वे गरिएको तर अधिकाशं नियम विपरित सञ्चालनमा रहेको बताउनु भयो । शाक्यले आफनो प्रस्तुतीमा श्रमजीवी महिलाहरुले कामको सम्मान पाउँन नसकेको जसले गर्दा श्रमिकहरु आफनो पेशा लुकाएर परिचय दिन बाध्य भएको बताउनु भयो ।

 

महिलाको निम्ति महिला मञ्च नेपालले १५० खाजा घर , १५ डान्सबार, २ दोहरी साझ, १८ मसाज पार्लर र एक रेष्टुरेण्टमा सर्वे गरेको थियो । उक्त कार्यक्रममा काठमाण्डौ महानगरपालिका ,तारकेश्वर नगरपालिका , चन्द्रागिरी नपा , कागेश्वरी मनहरा नप ,टोखा नपा, किर्तिपुर नगरपालिकाका महिला बालबालिका शाखा प्रमुखहरुले आ आफनो नगरपालिकामा महिला बालबालिको क्षेत्रमा भएका कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गर्नु भएको थियो ।

जसमध्ये चन्द्रगिरी नपा काठमाण्डौ बाहिर जाने र प्रवेश गर्ने नाका भएकोले त्यसक्षेत्रमा उच्च निगरानी बढाउनु पर्ने चन्द्रागिरी नपाकि महिला बालबालिका शाखा प्रमुख रश्मी श्रेष्ठले बताउनु भएको थियो । उँहाले सस्थासँग समन्वय गरेर हिंसा न्यूनिकरणमा काम गर्न सकिने पनि औलाउनु भयो । सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकामा १५०० खाजाघरहरु र तारकेश्वर नपामा ४ दोहरी साझ र ४३२ खाजाघरहरु सञ्चालनमा रहेको बताइएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस