२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, तीन घाइते

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) १०८० पाठक संख्या

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१ निलागेटमा आज बिहानै बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिँदा रामग्राम नगरपालिका–३ परासीकी ३५ वर्षीया कमला रेग्मीको मृत्यु भएको हो । परासी स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।दुर्घटना पश्चात फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस