२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा इँटा उद्योगको पोखरीमा डुबेर बालिकाको निधन

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) १६६८ पाठक संख्या

कावासोती । नवलपुरमा आइतबार इट्टा उद्योगको पोखरीमा डुबेर एक जना २ बर्षीया बालिकाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका – १ सेतापानीस्थित नवलपुर इँटा भट्टाभित्रको पानीको खाल्डोमा डुबेर सोही इँटा भट्टामा काम गर्ने कैलाली जोसिपुर गाउँपालिका – ६ घर भएका सुरेश चौधरीकी छोरी २ वर्षीया जेनिसा चौधरीको दिउँसो मृत्यु भएको हो ।

इँटा भट्टामा खेल्नेक्रममा उक्त खाल्डोभित्र डुबेर अशक्त भएकी उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%६%१%

प्रतिक्रिया दिनुहोस