२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुर काँग्रेसको जिल्ला अधिवेशन पौष २७ गते हुने

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) ८५२ पाठक संख्या

नवलपुर— कांग्रेसका बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले ती जिल्लाको अधिवेशन पुस २७ गते सम्पन्न गर्ने निर्णय गरेको सचिव केशव रिजालले जानकारी दिए ।

 

कांग्रेसको केन्द्रीय महाधिवेशन भए पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन हुन बाँकी छ ।यसअघि क्रियाशील सदस्यताको विवादका कारण ती जिल्लाको अधिवेशन समयमै हुन सकेको थिएन ।

बाँकी ६१ जिल्लामा अधिवेशन पूरा भएर सात प्रदेश र केन्द्रीय महाधिवेशन समेत सम्पन्न भइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस