२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

निर्धन उत्थान लघुबित्त वित्तिय संस्था गलकोट शाखाद्वारा श्रदाञ्जली कार्यक्रम सम्पन्न

२०७८ पौष १३, मंगलबार प्रकाशित ( साल अघि) १०५२ पाठक संख्या

गलकोट । निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय गलकोटले शोक सभा तथा काजकिरिया रकम बितरण गरेको छ।

गलकोट शाखाद्वारा संचालित कौलेनि महिला समुहकि सदस्य स्व।खड्क कुमारी मल्लको मृत्यु पश्चात आज उहाकै निवास गलकोट – ०५ कौलेनिमा  निर्धन उत्थान लघुबित्त बित्तिय सस्था  क्षेत्रीय कार्यालय पोखराका कार्यक्रम अधिकृत दामोदर पाठक, गलकोट शाखाका प्रबन्धक लक्ष्मण सापकोटा तथा लेखापाल झबिन्द्र भण्डारी तथा केन्द्रका पदाधिकारी र स्थानिय बुद्धिजीवीको उपस्थितीमा एक श्रदाञ्जली कार्यक्रमका बिच काजकृया रकम प्रदान गरियो ।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक लक्ष्मण सापकोटाले निर्धन उत्त्थान लघुबित्त बित्तिय सस्था गलकोट शाखाले एउटा इमानदार ग्राहक गुमाएको दुखद क्षणमा परिवारजनमा ईश्वरले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन भन्नुभयो त्यस्तै कार्यक्रम अधिकृत दामोदर पाठकले निर्धन उत्थान लघुबित्त सस्थाले स्थापनाकाल देखि नै ग्राहकमुखि रहि उनिहरुको दुख सुखमा साथ दिदै आएको र भवितव्य परेको अबस्थामा परिवार सरह नै संस्थाले साथ सहयोग गर्ने बताउदै संस्थाले प्रदान गर्ने सोवा सूविधा बारे प्रकाश पार्नु भयो।

समुह सदस्यहरु , स्थानीय बासिन्दाहरुको सहभागीता रहेको कार्यक्रम को सहजीकरण लेखापाल झबिन्द्र भण्डारीले गर्नुभएको थियो  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१%

प्रतिक्रिया दिनुहोस