२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा महेन्द्रराजमार्ग अवरुद्ध

२०७८ पौष १४, बुधबार प्रकाशित ( साल अघि) ११२७ पाठक संख्या

नारायण शर्मा

कावासोती  — महेन्द्रराजमार्गको कावासोती जंगलमा निर्माणाधीन सडकमा सवारी साधन फसेका कारण आज बिहान ४ बजेबाट महेन्द्रराजमार्गको यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरीका अनुसार महेन्द्रराजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन सडकमा वर्षादका कारण मालबाहक सवारी साधन फसेर राजमार्ग अवरुद्ध भएको हो ।

कावासोतीको फलफूल चोकदेखि दुई सय मिटर पूर्वतर्फको डाइभर्सनमा गाडी फस्दा पूर्वपश्चिमका लागि छुटेका सैयौं गाडी राजमार्गमा अलपत्र परेका छन् ।

फसेको स्थानमा डोजरले बाटो सम्याउने र गाडी तान्ने प्रयास भइरहेको छ । रातीबाट परेको वर्षाका कारण डाइभर्सन सडकमा हिलैहिलो भएका कारण राजमार्गमा अवरोध भएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस