२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

प्रगतिनगर खानेपानी चुनावका लागि गठबन्धन

२०७८ पौष १४, बुधबार प्रकाशित ( साल अघि) ६५६ पाठक संख्या

बिबेक भण्डारी

देबचुली । प्रगतिनगर खानेपानी चुनावका लागि उम्मेदवारहरुले उम्मेदवारी घोषण गर्न सुरु गरेका छन । खानेपानी संस्थाको नयाँ नेतृत्व चयनका लागि यहि पौष १९ गते हुने निर्वाचनका लागि गठबन्धन समूहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

जस्को अध्यक्षका लागि नारायणप्रसाद पौडेलले उम्मेदवारी घोषण गर्नुभएको छ । यस्तै सचिव पदका लागि इन्द्रमणी भुषाल, लेखा संयोजकका लागि लिलाधर अधिकारी, लेखा सदस्य (महिला)का लागि सरस्वती चापागाई, लेखा सदस्य शंकर बहादुर नेपाली,सदस्य ब्लक १ का लागि लक्ष्मी तिवारी, सदस्य ब्लक २ कालागि रमा भट्ट दवाडी, सदस्य ब्लक ३का लागि नन्दुलाल धिताल, सदस्य ब्लक ४ कालागि दुर्गाकुमारी रेग्मी, सदस्य ब्लक ५ कालागि सागर भण्डारी, सदस्य ब्लक ६का लागि ओम प्रसाद सारु, सदस्य ब्लक ७ का लागि कृष्ण ढकाल, सदस्य ब्लक ८ का लागि रामबहादुर गुरुङ, सदस्य ब्लक ९का लागि जस बहादुर लुङ्गेलीले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

 

आफ्नो उम्मेदवारी घोषणा गर्दे अध्यक्ष उम्मेदवार नारायण प्रसाद पौडेलले अफुहरु खानेपानी विकासका लागि दु्रत गतिमा काम गर्ने बताउनुभयो । “ म भन्दा चालिस वर्ष अघिको तप्का र अहिलेको नयाँ पुस्ताको सम्बन्धको हेक्का राख्न सक्छौ , त्यो सोचको हामि संग ज्ञान छ,” अध्यक्षका उम्मेदवार पौडेलले भन्नुभयो ।

यस्तै सचिव पदका उम्मेदवार इन्द्रमणी भुषालले आफ्नो उम्मेदवारी प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सबै उपभोक्ताहरुका लागि स्वच्छ,सफा खानेपानी आगामि दिनमा पनि प्रदान गर्न काम गर्ने बताउनुभयो । यस अघिको कार्यकालमा आफु सचिव रहदा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । “ यस अघिको कार्यकालमा पनि म सचिव थिए, सो समयमा खानेपानीका लागि महत्वपुर्ण भुमिका खेलेको हो,”सचिवका उम्मेदवार भुषालले भन्नुभयो ।

 

उहाँले यस अघिका समयमा खानेपानी टिमको भुमिका महत्वपुर्ण रहेको भन्दै अबका दिनमा पनि प्रगतिनगर खानेपानीको विकास गर्ने बताउनुभयो । नेपाली काग्रेस, मओवादी केन्द्र,समाजवादी पार्टि र जनता समाजवादी पार्टिको संयुक्त गठबन्धन बनाएर चुनाबमा होमिएका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस