२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

मानव बेचाबिखन विरुद्ध कार्य गर्दैआएको  शक्ति समुह नेपाल सरकारबाट सम्मानित

२०७८ पौष १९, सोमबार प्रकाशित ( साल अघि) ३३२८ पाठक संख्या

काठमाडौ । मानव बेचबिखन विरुद्ध कार्य गर्दै आइरहेको शक्ति समुह नाम गरेको सामाजिक सस्था नेपाल सरकारबाट सम्मानित गरेको छ ।

आइतबार पर्यटन बोर्डको सभा हलमा कानुन , न्याय तथा संसदीय मन्त्रालयले आयोजना गरेको औपचारिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मानव बेचबिखन विरुद्धमा कार्य गर्दै आएको शक्ति समुहलाइ रु एक लाख ११ हजार एक सय ११ रुपैयाँ र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Received_758809772178157

सो कार्यक्रममा ब्यक्तितर्फ शुद्वोधन गाउँ पालिका ६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन सम्मानित हुनु भएको छ ।

नेपाल सरकार बाट सम्मानित हुन पाउँदा निकै गर्व महसुस हुनुको साथै काम गर्न थप प्रेरणा जागेको शक्ति समुहकि चरिमाया तामाङले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस