२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मोटरसाइकलको ठक्करबाट ३ जना घाइते

२०७८ पौष २०, मंगलबार प्रकाशित ( साल अघि) १०३३ पाठक संख्या

नवलपुर । नवलपुरमाको पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन् ।

गैडाकोट नगरपालिका ४ जनक स्कुल नजिकै गएराति मोटरसाइकलको ठक्करबाट ३ जना ब्यक्तिहरु घाइते भएको प्रहरीले जनाएको हो ।पश्चिमबाट पूर्व तर्फ आउदैं गरेको बा ५७ प ४११५ नम्बरको मोटरसाइकलले पैदलयात्रीहरुलाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको जिराबनी गाउँपालिका घर भई हाल गैडाकोट –४ बस्ने २५ बर्षीय प्रकाश चौधरी, पैदलयात्री भारत घर भई हाल गैंडाकोट ५ बुद्ध चोक बस्ने बर्ष २१ को दिनेश कुमार र बर्ष ३० को पिन्टु जैसवाल घाइते भएका छन् ।

मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुरमा र पैदलयात्रुहरुको गैंडाकोट पोलिक्लिनिकमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस