२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा १८ हजार १ सय २६ जना नयाँ मतदाता थपिए

२०७८ पौष २१, बुधबार प्रकाशित ( साल अघि) ११७४ पाठक संख्या

कावासोती । नवलपुर जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानबाट नवलपुरमा १८ हजार १ सय २६ जना नयाँ मतदाता थपिएका छन ।

जिल्ला निर्वाचन कार्यलयले गत मंसिर १७ देखि पौष १९ गते सम्म जिल्लाको सात वटा स्थानीय तहमा टोली खटाएर दुई चरणमा मतदाता नामावली संकलन गरिएको थियो  ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद भुसालका अनुसार जिल्लाको मध्यविन्दुमा २ हजार ८ सय २२, हुप्सेकोट गाउँपालीकामा १ हजार १ सय ४०, विनयी त्रिवेणी गाउँपालीकामा १ हजार ६ सय ६२, बुलिगंटार गाउँपालीकामा ४ सय ४२ र बौदीकाली गाउँपालीकामा ६ सय ५९ जना र देवचुली नगरपालीकामा १ हजार ६ सय ७७ र गैडाकोटमा २ हजार ९सय २३ मतदाता  थपिएका हुन ।

त्यस्तै ७६ जना मतदाताल त्रुटि सच्चयाएका छन् भने ५ सय ५८ जनाले ठाँउ सारी गरेका छन । २०७८ साउन देखि मंसिर सम्म जिल्ला प्रसासन कार्यालयमा ४ हजार २ सय ६८ र जिल्ला निर्वाचन कार्यालयमा २ हजार ५ सय ३३ जनाले नाम दर्ता गराएको निर्वाचन अधिकारी भुसालले बताउनु भयो ।

उहाँका अनुसार २०७७ पौष मसान्त सम्म जिल्लामा कुल मतदाता २ लाख ३७ हजार १ सय ५६ रहेका थिए भने । हाल थपिएका १८ हजार १ सय २६ जना सहित मतदाताको कुल संख्या २ लाख ५५ हजार २ सय ८२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गरिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस