२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

एमाले नवलपुर अधिवेशन : शनिवार विहान ८ बजेपछि निर्वाचन प्रकृया सुरुहुने

२०७८ पौष २४, शनिबार प्रकाशित ( साल अघि) १०८० पाठक संख्या

नवलपुर । नेकपा एमाले नवलपुरको आठौं जिल्ला अधिवेशन अन्र्तगत शनिवार विहान ८ वजेपछि मात्रै निर्वाचन प्रकृया शुरु हुने भएको छ । निर्वाचन समितिका संयोजक तिर्थ कंडेलले विहान ८ वजेपछि मात्रै निर्वाचन प्रकया सुरु हुने जानकारी दिनुभयो ।विहान ८ वजेपछि मतदाता नामावली प्रकाशन गरेर निर्वाचनको प्रकृया सुरु गरिने उहाँले बताउनुभयो । निर्वाचन समितिका अनुसार नेकपा एमाले नवलपुरको जिल्ला अधिवेशनमा ७०० प्रतिनिधि सहभागी छन् ।

अध्यक्षमा हालका अध्यक्ष रोशन बहादुर गाहा मगर र जिल्ला सचिव जिवन श्रेष्ठले चाहना राखेका छन् । एकपटक अध्यक्षको नेतृत्व गरेका कारण नेतृत्व हस्तान्तरण गर्दै जिवन श्रेष्ठलाई अध्यक्ष बनाएर रोशनले उदारता देखाउनु पर्ने आवाज समेत उठेको छ । अधिवेशनको उद्घाटनशत्रमा नेकपा एमालेका जिल्ला र केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

आगामी तीनवर्षका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरि पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटि निर्वाचित हुने नेकपा एमालेले जनाएको छ । निर्वाचित कमिटिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस