२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

एमाले नवलपुरको जिल्ला अधिवेशन भोलि , सबै तयारी पुरा

२०७८ पौष २४, शनिबार प्रकाशित ( साल अघि) १५४९ पाठक संख्या

सन्जय भट्टराई

नवलपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेको पौष २३ र २४ मा आठौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि वर्तमान अध्यक्ष रोशन गाहा मगर र वर्तमान सचिव जीवन श्रेष्ठ आकांक्षी देखिएका छन ।

भोलि शुक्रबारबाट सुरु हुने ७ सय ३६ जना प्रतिनिधि रहने अधिवेशनमा नेतृत्व छनौट भने भने सर्वसम्मत हुने सम्भावना देखिएको छ ।

नेतृत्वका लागि आकांक्षी देखिएका वर्तमान अध्यक्ष रोशन गाहा मगर र वर्तमान सचिव जीवन श्रेष्ठ दुवै जना आफ्नो पक्षमा सर्वसम्मत हुने दाविका साथ मैदानमा उत्रिएका छ्न ।

वर्तमान जिल्ला अध्यक्षको जिम्मा पाएका कार्यवाहक अध्यक्ष रोशन गाहाले सातौं अधिवेशनबाट निर्वाचित अध्यक्ष तिलक महत केन्द्रिय सदस्य भए पछि कार्यबाहक अध्यक्ष  पाएको हुँदा आफुले स्वत:जिल्ला अध्यक्ष पाउनु पर्ने दाबीका साथ मैदानमा आएको बताएका छन भने वर्तमान सचिव जीवन श्रेष्ठले आफू पूरा कार्यकाल सचिव भएको र आफ्नो अध्यक्षमा दाबी स्वाभाविक रहेको बताउछ्न ।

एमाले नवलपुरमा गाहा र श्रेष्ठ दुवैले अध्यक्षको दाबी गरिरहँदा सर्वसम्मत अध्यक्ष हुने कुरामा दुवै जना भने ढुक्क देखिन्छ्न । दुवै जना आकांक्षीहरु आफ्नो पक्षमा सर्वसम्मत हुने विषयमा ढुक्क देखिदा जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रिय सदस्य तिलक महत सँग भने सम्पर्क हुन सकेन ।

शुक्रबार बाट सुरु हुने जिल्ला अधिवेशनले अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । पाँच पदाधिकारी सहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस