काठमाण्डौ । देशभरी बढदै गइरहेको कोरोना सक्रमणको अवस्थालाइ मध्यनजर गर्दै आइतबार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बसेको बैठकले माघ १५ सम्म देशभरीको विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कुनै पनि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन पाउने निर्णय समेत गरेको छ। सोमबार देखि लागू हुने गरी शैक्षिक सस्थाहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालका अनुसार सक्रमणको अवस्था उच्च भयो भने स्मार्ट लकडाउन समेत गर्ने निर्णय वैठकले गरेको जानकारी दिनु भएको छ ।