२०८१ मंसिर १३, बिहिबार
चितवन । कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि पवित्र तीर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेला यसवर्ष नहुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले चितवनको देवघाटमा माघ १ गते लाग्ने मेला कोभिडका कारण रोक लगाउने निर्णय गरेको हो ।
प्रत्येक वर्ष माघे संक्रान्तिका दिन देवघाटमा स्नानका लागि ठूलो मेला लाग्ने गरेको छ ।