कोल्हुवा । नवलपुरको नारायणी नदी बीचमा एक वेवारिसे शव फेला परेको छ ।
मध्यविन्दु नगरपालिका – ०२ नन्दपुर कोल्हुवा स्थित नदीको किनारमा एक जना युवतीको वेवारिसे शव फेला परेको हो ।
अन्दाजी २५/२६ बर्षको महिलाको नाम,वतन खुल्न नसकेको नवलपुर प्रहरीले जनाएको छ ।
वेवारिसे महिलाको शव नारायणी नदीको बीच किनारमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
नदीको बिचमा शव फेला परेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महिलाको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।