चितवन । चितवनको भरतपुर महानगरपालिका- ४ धर्मचोकस्थित सडकमा बागमती प्रदेश ०३-००४ प ७३२२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर बिहीबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय दिल खत्री क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय दिवश चापागाईको सोही अस्पतालमा उपचार भइरहेको छ ।