२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर क्रिकेट संघको अध्यक्षमा सापकोटा

२०७८ माघ ८, शनिबार प्रकाशित ( साल अघि) ७१९ पाठक संख्या

कावासोती । नवलपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा धामनाथ सापकोटा चयन भएका छन् ।

आज (शुक्रबार) भएको जिल्ला अधिवेशनबाट सापकोटा निर्विरोध अध्यक्षमा चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा इन्द्र सिग्देल, सचिवमा विवेक न्यौपाने, कोषाध्यक्षमा सागर कुमार गैरे चयन भएको नेपाल क्रिकेट संघका निर्वाचन प्रतिनिधि सुदिप पियाले जानकारी दिए ।

यस्तै सदस्यहरुमा बाबुराम घिमिरे, लिलाराम कंडेल शर्मा, ओमकार कंडेल, सुमन पण्डित र रमेश तिवारी सर्वसम्मत चयन भएको पियाले जानकारी दिए ।

कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय प्रतिनिधि सुदिप पिया, निर्वाचन समितिका संयोजक अधिवक्ता जनक ढुंगाना, सदस्य होमराज रानाभाट र दिपेश खनालले निर्वाचन सहजिकरणको भुमिका निर्वाह गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस