२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

जिविको पार्जनको सम्बन्धी १० दिने तालिम सम्पन्न

२०७८ माघ ९, आईतबार प्रकाशित ( साल अघि) ९८७ पाठक संख्या

काठमाडौं ।  अपांगता भएका महिलाहरूलाई लक्षित गर्दै महिनावारी स्वास्थ्य तथा सरसफाइ सम्बन्धी पिरिएड प्याड बनाउने १० दिने तालिम शनिवार काठमाण्डौमा सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै वी नेपालकी संस्थापक सबु पौडेलले कारणवश अपांग हुनु भएका महिलाहरूको दिगो जिविको पार्जनको लागि पिरिएड प्याड बनाउने १० दिने तालिम धेरै उपयोगी हुने बताउनु भयो ।

Received_327366075948289

महिलाको आर्थिक सशक्तिकरणमा सीपमूलक तालिमले सहयोग गर्ने जिकिर गर्दै समान उत्पादन गरेर बजारीकरण गर्न आवश्यक रहेको पौडेलको भनाइ थियो । साथै संस्थापक पौडेलले कोभिडको कारण अहिले ५ जनालाई मात्रै तालिममा समावेश गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कामनपा वडा ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठले, महिला सशक्तिकरणको लागि वडाले विभिन्न प्रकारको सीपमूलक तालिमहरू प्रदान गर्दै आएको र अपांगता भएका महिलाहरूको सवालमा स्थानीय निकाय संवेदनशिल रहेकोले वडा सँग सहकार्य गर्न वी नेपाललाई अनुरोध गर्नुभयो ।

सीप सिकेर आफै उद्यमी बन्न सकिन्छ , सीपमूलक तालिम आर्थिक वृद्धिको राम्रो माध्यम रहेको समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो । त्यसैगरी, तालिमकी प्रशिक्षक भवानी श्रेष्ठले सहभागीहरूलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । वी नेपालको आयोजना र टेवा को आर्थिक सहयोगमा सम्पन्न उक्त तालिम पौष २८ देखि सुरु भै माघ ८ सम्म सञ्चालन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%२%

प्रतिक्रिया दिनुहोस