२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोती रेडक्रसलाई १ करोड बढी नगद सहयोग

२०७८ माघ १४, शुक्रबार प्रकाशित ( साल अघि) ८९२ पाठक संख्या

कावासोती । जर्मनको एउटा संस्थाले रेडक्रस कावासोती उपशाखालाई १ करोड ५ लाख नगद सहयोग गरेको छ ।

नेपाल हिल्फे इभी जर्मनीले रेडक्रसलाई ब्लड भ्यान खरिद ९रक्त सञ्चार केन्द्रमा आवश्यक पर्ने गर्न उक्त रकम दिएको हो । जिल्ला रक्तसञ्चार उपसमितिको संयोजकका तीर्थ कँडेलका अनुसार उक्त रकम रक्त संकलनमा खाँचो पर्ने मोवाइल भ्यान खरिदमा उपयोग गरिने छ । संस्थाले एक साताभित्र रकम रेडक्रसको खातामा जम्मा गर्ने प्रतिबद्धता सहितको पत्र पठाएको छ ।

रेडक्रस कावासोतीका अध्यक्ष बेदप्रसाद न्यौपानले रक्त संकलनमा उपयोगी मोबाइल भ्यान गाडीले जिल्लाभरि नै रक्त संकलनमा सहयोग पुग्ने बताए ।

मोबाइल भ्यान नहुँदा हाल चितवन रेडक्रसबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । जर्मनमा रहेको नेपाल हिल्फेले यसअघि जिल्ला अस्पतालको भवन निर्माणका लागि गत वर्षसम्म १६ करोड सहयोग गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस