२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवा सिटिजन्स बैंकले माघ २३ गतेदेखी सामाजिक सुरक्षाभत्ता वितरण गदै

२०७८ माघ १५, शनिबार प्रकाशित ( साल अघि) १४०२ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा माघ २३ गते देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लागेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो त्रैमासिक मासिक भत्ता बैंक मार्फत वितरण गर्न लागीएको सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले सूचना मार्फत जानकारी दिनुभयो ।

सिटिजन्स बैङ्कको कार्यालय चौराहाबाट माघ २३ देखि फागुन ५ गतेसम्म वडागत रुपमा भत्ता वितरण गरिने भएको छ ।

बैंकले माघ २३, २४ ,२५ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर २ का लाभग्राहीहरुलाई बितरण गरिने छ ।
माघ २३ गते :- सेहरी
माघ २४ गते :-  चनौली
माघ २५ गते :- कोल्हुवा

त्यस्तै माघ २६ ,२७ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ ।
माघ २६ गते :- ईटौरा
माघ २७ गते :-  ब्रह्मस्थान

त्यस्तै माघ २८ गते र फागुन १,२ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का लाभग्राहीहरुलाई बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लागेको हो ।
माघ २८ गते :- पनौती चोक
फागुन १ गते :- लुसलहरी
फागुन २ गते :- मदनपुर , घुम्पुरा

त्यस्तै फागुन ३,४ र ५ गते मध्यबिन्दु नगरपालिका वडा नम्बर १ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ ।
फागुन ३ गते :- पतवारी
फागुन ४ गते :- गुणचरी, अभियोन
फागुन ५ गते :- सेतोपानी

त्यसैगरी बैंकमा आउन नसक्ने ,अशक्त ,अपांग, बिरामी, ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई लाभग्राहीहरुलाई भत्ता वितरणगरिने भएको हुँदा घरपरिवारको व्यक्तिले बैंकमा सम्पर्क गरी भत्ताको कार्ड र चेक बुक उपलब्ध गराईदिनुहुन समेत बैंकले सम्बन्धित वडालाई आग्रह गरेको छ ।                                             हेर्नुहोस् सूचना !!!

Nawalapurnews

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस