२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना: घट्यो मृत्यु दर

२०७८ माघ १६, आईतबार प्रकाशित ( साल अघि) २१५१ पाठक संख्या

कावासोती । नवलपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या घटेको छ । मृत्यु हुनेको संख्या र सवारी दुर्घटनाको संख्या घटे पनि सामन्य घाईले हुनेको संख्या भने बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला तीन वर्षमा मृत्यु हुनेको संख्या घटेको हो । तीन वर्षमध्ये पछिल्ला दुई वर्षमा दुर्घटनामा मृत्यु हुनेको संख्या दशले अन्तर छ ।

चालू आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनामा परी २२ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष २४ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा ३४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा छ ।

गत आर्थिक वर्ष २०७६/०७७ देखि चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा ज्यान १२ जना कमले ज्यान गुमाएका छन् । यस अवधिमा सवारी दुर्घटना घटेको छ भने सामान्य घाइते हुनेको संख्या बढेको हो ।

गम्भीर घाइते हुनेको संख्या पछिल्ला तीन वर्षमा बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष गम्भीर घाइते हुनेको संख्या दशले बढेको छ । चालू आथिक वर्ष ७७ र अघिल्लो वर्ष ६६ जना गम्भीर घाइते थिए । २०७६/०७७मा १ सय १५ जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनाबाट आर्थिक वर्ष ०७६/०७७ मा ९५, ०७७/०७८ मा ४७ र ०७८/०७९ मा ८१ जना समान्य घाइते भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी दुर्घटना बढेका छन् । चालु आर्थिक वर्ष ५३ सवारी दुर्घटना भएका छन् । त्यस अघि अघिल्लो वर्ष दुर्घटनाको संख्या ८० थियो । तीन वर्ष अघि यो संख्या १०७ थियो ।

Screenshot_20220129 193000_Office

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण थापाले सवारी चालकको समान्य कमजोरीले पनि सवारी दुर्घटना हुने गरेको बताए । सवारी चालक, सवारी साधन, ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था लगायतका धेरै कारणले दुर्घटना हुन्छ’ उनले भने, ‘यसमा पनि चालकले सवारीको लुकिङ्ग ग्लास समेत नहेर्दा पनि दुर्घटना भएका छन् । यस्ता समान्य कमजोरी पनि अहिले दुर्घटनाका कारण बनेका छन् ।’ थापाले चालकलाई सवारी रुट प्रयोग सम्बन्धी जानकारी नहुँनु पनि दुर्घटनाको कारण देखिएको बताए ।

प्रहरीका अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । त्यसमा सबैभन्दा बढी मानिसको ज्यान गएको हो । मोटरसाइलक चढ्नेको संख्या बर्सेनी बढ्दो क्रममा छ । सवारी दुर्घटनामा अटो र इ–रिक्सा पनि थपिएका छन् । बढ्दो सवारी साधनसँगै संचालनमा आएका अटो र इ–रिक्साल पनि दुर्घटना गराएका छन् ।

ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रणका लागि ट्राफिक नियम पालना, सवारी जाँच, सडकमा सुरक्षा उपकरण राख्ने र सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस