२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

पश्चिम नवलपरासी सशस्त्र प्रहरीले अवैध सामान बरामद

२०७८ माघ १६, आईतबार प्रकाशित ( साल अघि) ६८४ पाठक संख्या

परासी । पश्चिम नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुईवटा मोटरसाइकल सहित १ लाख २५ हजार ४० रूपैयाँ मुल्य बराबरको मोबाइल र रक्सी बरामद गरेको छ ।

सशस्त्र प्रहरीले शनिबार साझ ७ बजेको समयमा प्रतापपुर गाउँपालिका वडा न।५ बैदोली स्थित गण्डक नहरको छेउ दशगजा नजिक नेपालबाट भारततर्फ अबैधरूपमा अन्दाजी १ लाख २० हजार मुल्य बराबरको १ सय ५० पिस मोबाइल झोलामा राखी यु पी ५६ यल २८०६ र बिआ ०६ सिई ७४१९ नम्बरको भारतीय मोटरसाइकलमा लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी विओपि गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले मोटरसाइकल सहित मोबाइल बरामद गर्न सफल भएका हुन ।

मोटरसाइकलमा झोला भित्र मोबाइल राखी लैजादै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर मोटरसाइकल र मोबाइल बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए । उक्त दुईवटा मोटरसाइकलको अन्दाजी मुल्य १ लाख बराबर रहेको छ ।

यसैगरी आईतवार बिहान प्रतापपुर गाउँपालिका वडा न।६ कठहवा स्थित दशगजा नजिक नेपालबाट अबैधरूपमा भारततर्फ लैजादै गरेको ५ हजार ४० रूपैयाँ मुुल्य बराबरको १ सय ६८ पिस किसमिस नामको रक्सी बोराभित्र राखेर काघमा बोकी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

बरामद गरेको दुईवटा मोटरसाइकल , मोबाइल र रक्सी स्थानिय प्रतिनिधिहरूको रोहवरमा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस