२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा अटो चालकको शंकास्पद मृत्यु

२०७८ माघ १८, मंगलबार प्रकाशित ( साल अघि) १२६३ पाठक संख्या

कावासोती । नवलपुरमा एक अटो चालकको शंकस्पद  मृत्यु भएको छ ।

कावासोती नगरपालिका वडा नंं १३ गैरीस्थित ५३ बर्षीय स्थानीय माधव प्रसाद गिरीको शंकास्पद तरिकाले मृत्यु भएको हो ।

गिरिको शव गैरीस्थित एक पोखरीको तालमा हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । हिजो राति वेपत्ता भएका गिरीको शव स्थानीयले  देखेपछी आज बिहान प्रहरीलाई खवर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार आज मंलवार बिहान ८ बजेर १० मिनेटको समयमा स्थानीयले वेवारिसे अवस्थामा अटो रिक्सा र जुत्ता, मोवाइल तथा कागजपत्र लगायतका सामग्री छरिएको अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि एसपी प्रज्वल महर्जनको नेतृत्वमै प्रहरी घटनास्थल पुगेका थिए ।

अनुसन्धान र खोजतलास गर्दै जाँदा अटो राकिएको स्थानदेखि केही पर झारले ढाकिएको अवस्थामा सोही अटो चालक गिरीको शव फेला परेको डिएसपी गिरीले जानकारी दिनुभयो ।

मृतकको अनुहारमा चोट लागेको देख्दा घटना शंकास्पद भएको प्रहरीले जनाएको छ । अटो रिक्सा र जुत्ता, मोवाइल तथा कागजपत्र लगायतका सामग्री छरिएको अवस्थामा फेला परेको थियो ।

उनको घटनास्थल प्रकृति मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागी मध्यविन्दु जिल्ला अस्पताल पठाउने तयारी गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%१%

प्रतिक्रिया दिनुहोस