२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

राहदानी बनाई दिने भनी रकम ठगीगर्ने १ जना पक्राउ

२०७८ माघ २१, शुक्रबार प्रकाशित ( साल अघि) ४२० पाठक संख्या

काठमाडौं । राहदानी बनाइ दिने भन्दै विचौलियाको काम गर्ने एक जनालाई प्रहरीले विहीवार पक्राउ गरेको छ ।

काठमाण्डौको त्रिपुरेश्वर स्थित राहदानी विभागमा सर्लाही ईश्वजरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाइदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका सुनसरी इटहरी उपमहानगरपालिका ५ संगमचोक बस्ने मनोज सापकोटालाई बिहीबार महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मनोज उपर आपराधिक विश्वासघात तथा आपराधिक लाभ ( एक्सटर्सन ) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस