२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

देवचुली नवलपुरमा १० करोड लगानीमा वनस्पति उद्यान बन्ने

२०७८ माघ २१, शुक्रबार प्रकाशित ( साल अघि) ९२५ पाठक संख्या

भिम भुसाल

देवचुली ।  पूर्वि नवलपरासीको देवचुली नगरपालिका १३ बहुलाहा खोला छेउको करिव ७ विघा क्षेत्रमा वनस्पती उद्यान बनाउन छलफल प्रारम्भ भएको छ । आज शुक्रवार देवचुली नगरपालिकाका प्रमुख पुर्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफलले देवचुली १३ बहुलाहा खोला किनारमा रहेको ऐलेनी जग्गामा वनस्पती उद्यान बनाउन छलफल प्रारम्भ भएको हो ।

महेन्द्र राजमार्गबाट ५०० मिटर दक्षिणतर्फको क्षेत्रमा बनाईने वनस्पती उद्यानले वनस्पतिको अध्ययन, जडिबुटी एव् गैरकाष्ठ वनपैदवार सर्भेक्षण, सम्र्वद्धन तथा वनस्पतिको रसायनिक गुणहरुको प्रतिफल स्थानीय स्तरमा पुर्याउदै नगरपालिकालाई आर्थिक स्थरमा सक्षम बनाउन  सफल हुने विश्वास लिईएको छ ।

Received_1699359063728844

वनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकले प्रस्तुत गर्नुभएको प्रस्तावमा नवलपुरको मात्रै नभई सिंगो नेपालको पर्यापर्यटन, रोजगारी सिर्जना, वैकल्पिक आय आर्जनको ज्ञान, बिद्यालय कलेजका विद्यार्थिलाई शिक्षा, अनुसन्धान, जैविक विविधता संरक्षण, कार्वन संचित, संस्कृति संरक्षण, वातावरणिय सन्तुलन तथा मनोरञ्जनको लागि समेत उद्यानले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । दुर्लभ, लोपन्मुख, रैथाने, आर्थिक सामाजिक तथा वैज्ञानिक दृष्टिकोणले महत्वपुर्ण वनस्पती प्रजातिहरुको संरक्षण गर्दै अनुसन्धानको थलोको रुपमा समेत नवलपुरलाई परिचित गराउन सकिने डाक्टर पाठकको तर्क छ ।

करिव ५ वर्षको समयावधीमा निमार्ण सम्पन्न गर्न सकिने उद्यानको स्वामित्व जिम्मेवार निकायले लिनुपर्नेमा नेपाल सरकारका उपसचिव विष्णु भुसालले जोड दिनुभयो । देवचुली भित्रका हरेक नागरिकले उद्यान निर्माणमा देखाएको सकरात्मकता नै देवचुलीको सम्पत्ती भएको बताउदै भुसालले उद्यान निमार्णका लागि विभिन्न संघ संस्था तथा ३ तहका सरकारले लगानी गर्न सक्ने बताउनुभयो । उद्यान भित्र टिकट घर, भ्यु टावर, पानिको फोहरा, मोनुमेन्टहरु, स्पोर्टस कर्नर, ओपेन तथा चिल्ड्रेन पार्क रहने छन् । साथै मन्दिर, पुस्तकालय तथा भजन घरको समेत निमार्ण गर्न सकिने प्रस्ताव छ ।

लगानी अनुसारको प्रतिफलका लागि उद्यान टिकट, पार्किङ रकम, सुटिङ चार्ज, फोटो तथा क्यामेरा चार्ज सभाहल भाडा तथा बिरुवा बिक्रीबाट समेत आम्दानी गर्न सकिने छ । वनस्पती उद्यान निमार्णका लागि छलफलमा नेपाल सरकारका उपसचिव विष्णु प्रसाद भुसाल, वनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठक, देवचुली नगरपालिकाका मेयर पुर्ण कुमार श्रेष्ठ, देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल, नगर प्रवत्ता, जनप्रतिनिधी, विभिन्न राजनैतिक दलका प्रतिनिधी, प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष, नगरपालिकाका कर्मचारी, स्थानिय तथा पत्रकारको सहभागिता रहेको थियो । केही बर्ष यता जैबिक बिबिधता सरक्षण का लागि उद्यान निर्माणलाई संघीय तथा गण्डकी  प्रदेश सरकारले  समेत विशेष महत्त्वका साथ लिइएको पाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस