२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७८ माघ २२, शनिबार प्रकाशित ( साल अघि) १३२० पाठक संख्या

कावासोती । नवलपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान विनयी त्रिवेणी गाउँपालिका १ का ४३ बर्षीय शिव भुसाल मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

दुम्किबासको ज्यामिरे खोलाको बाटो भएर यात्रा गरेका भुसाल स्कुटरबाट दुर्घटनामा परेको हुन् । स्कुटर पल्टिएको ठाउँदेखि करीव ३० मिटर तल उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए ।

लु ४६ प १९४३ नम्बरको स्कुटर विनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ मा दुर्घटना भएको थियो । मृत अवस्थामा फेला परेको भुसालको मृत्युको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%४%१%

प्रतिक्रिया दिनुहोस