२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

गैडाकोटमा दुलही लिन आउँदै गरेको कार दुर्घटना

२०७८ माघ २२, शनिबार प्रकाशित ( साल अघि) १११४ पाठक संख्या

गैडाकोट । स्याङ्जाबाट नवलपुरको गैंडाकोटमा दुलही लिन आएको कार पोखराको तालचोक सडकखण्डमा दुर्घटनामा परेको छ । बेहुला चढेको ग २ च ८५५२ नं.को कार र ग २ च ३११७ नं।को जीप दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुवै सवारी पोखरातर्फबाट एकै दिशामा जाँदै थिए । प्रत्यक्षदर्शीका अनुसार जीपले अगाडिको कारलाई पछाडिबाट ठक्कर दिई नालीमा पुर्याइदिएको हो । सिधा र सहज बाटो भएकाले ठूलो दुर्घटना हुनबाट टरेको छ ।

प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार कारमा सवार बेहुला आँधिखोला ३ का २८ वर्षीय दीपक खत्री, कार चालक सोहि स्थानका ३६ वर्षीय डिल्लीराम सुवेदीसहित बेहुलाका बुवा, दिदीहरु सबै सकुशल छन् । दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस