२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

वैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णय  

२०७८ माघ २४, सोमबार प्रकाशित ( साल अघि) ९४७ पाठक संख्या

काठमाण्डौ – सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस