चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागी दुईदिने निशुल्क बन्ध्याकरण शिविर कोल्हुवामा सम्पन्न भएको छ ।
जहा १ सय २८ कुकुरको बन्ध्याकरण संगै रेबिजको भ्याक्सिन लगाइएको थियो । सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरण अभियान संचालनमा ल्याएको पशु सेवा शााखाका प्रमुख ज्ञान प्रसाद भट्टराईले बताउनुभयो ।
नगरमा यो भन्दा अघि सम्पन्न गरिएको बन्ध्याकरण कार्यक्रम प्रभापकारी भएको बताउदै अहिले पुनस्शिविरका सञ्चालन गरिएको नगर प्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो ।
पहिलो पटक नगर भित्रका १ सय २५ वटा सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण गरिएको थियो । कुकुरको जनसंख्या बढ्न नदिन तथा उचित ब्यवस्थापन गर्दे कुकुरको संख्या घटाउन भन्दै नगरमा पुनस् दोस्रोपटक विशेषज्ञ सेवा सहित शिविर संचालन गरिएको रानाको भनाई छ ।
कार्यक्रम नगर प्रमुख चन्द्र बहादुर रानाको अध्यक्षतामा भएको हो । बन्ध्याकरण डाक्टर अर्जुन अर्यालको टोलीले गराएको थियो भने कार्यक्रममा नगर उपप्रमुख कुमारी महतो, वडा अध्यक्ष नारायण पौडेल ,समाजसेवी र स्थानीहरुको उपस्थितिमा कार्यक्रम सपन्न गरिएको थियोे । शिविर संचालनका लागी नगरबाट ५ लाख बजेट विनियोजित गरिएको बताइएको छ ।