२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

एमसीसीमा आफुहरु सहमत नभएको भन्दै नवलपुरमा विरोध

२०७८ फागुन २, सोमबार प्रकाशित ( साल अघि) ७७६ पाठक संख्या

नवलपुर । एमसीसीमा आफुहरुको सहमत नभएको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट जनवर्गिय संगठनले जनाएको छ । आइतवार नवलपुरको कावासोती सहित ७७ जिल्लामा एकै पटक एमसीसीको विरोध गरेका थिए ।

विरोध कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट जनवर्गिय संगठनका अध्यक्ष शालिकराम भटराईले नेपाली जनता र मुलुकले एमसिसी आवस्यक छैन भनि रहदा अमेरीकाले जबरजस्ती शैलीमा नेपाल भित्र्याउन खोजेको आरोप लगाउनुभयो । “कसैले चाहेकै छैनन्, अमेरीकाले किन जबरजस्ती शैलीमा नेपाल ल्याउन चाहेका छन” अध्यक्ष भटराईले भने । विरोध कार्यक्रममा समाजबादी युवा संघ नेपालका स्थायी कमिटि सदस्य प्रेमनारायण पाण्डेको नेतृत्वमा उक्त विरोध कार्यक्रम भएको हो ।

अनेरास्ववियू केन्द्रीय सचिव ठाकुर पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एस गण्डकी प्रदेश कमिटि सदस्य एवं जिल्ला उपसचिव सुस्मा काफ्ले, जिल्ला उपाध्यक्ष गणेशमान महतो, अनेरास्ववियू जिल्ला अध्यक्ष मदन गिरी, अनेमसंघ जिल्ला अध्यक्ष तारा भुसाल, युवासंघका केन्द्रियक सचिवालय सदस्य प्रेम भट्ट, सदस्यद्धय प्रेम विक र गोविन्द सुनार लगायतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस