२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

देवचुलीमा पिङ खेल्न आन्तरिक पर्यटकको घुँइचो

२०७८ फागुन २, सोमबार प्रकाशित ( साल अघि) १५०७ पाठक संख्या

एलिना केसी

देवचुली । कोभिडका कारण लामो समय थला परेको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । नेपाल सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि पर्यटकीय क्षेत्र खोल्न आग्रह गरेसँगै देवचुलीको पहाडी क्षेत्र कुमसोतका होटलहरुमा पनि चहलपहल बढेको छ ।

लामो समय घरभित्रै बसिरहेका मानिसहरु रिफ्रेस हुन कुमसोतसम्म पुग्ने गरेका छन् । देवचुली नगरपालिकाको दलदले चोकबाट उत्तरतर्फ करिब १२ किलोमिटरको दुरीमा पर्ने कुमसोत पछिल्लो समय घुम्न जाने आन्तरिक पर्यटकको रोजाईमा परेको छ ।

कुमसोतमा रहेको होटल रातो बङ्गलाले आफ्नै रिसोर्ट परिसरमा पिङ निर्माण गरेसँगै आन्तिरक पर्यटकको लर्काे लागेको हो । पिङ खेल्नकै निम्ति कुश्मा पुग्नु पर्ने पर्यटकहरुलाई आफ्नै ठाउँमा पिङ पाएपछि खुशी भएका छन् ।

No description available.

देवचुली नगरपालिकाको पर्यटन प्रबद्र्धनका लागि यस्ता कुराले धेरै सहयोग पुर्याउने पिङ खेल्न पुगेका स्थानीय बिरबहादुर तामाङले बताएका छन् । उनले परिवारसँग पिङ खेल्न र देवचुली नगरपालिकाको दृश्य हेरि मनोरञ्जन लिन समेत अनुरोध गरेका छन् ।

होटल व्यवसायलाई चलायमान गराउन पर्यटकहरुको रोजाईका लागि पिङ निर्माण गरिएको होटल रातो बङ्गलाका संचालक सुनिता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कोभिडका कारण घरमै बसिरहेका मानिसहरुलाई पिङ खेल्दा रिफ्रेस हुने बताउनुभयो । होटल रातो बङ्गलामा रहेको पिङ खेल्न चितवन देखि बुटबलसम्मका मानिसहरु आउने गरेको पिङ संचालक विश्व श्रेष्ठले बताउनुभयो ।

No description available.

पिङ एक्लै खेल्दा २ सय रुपैंया र दुईजना खेल्दा ३ सय रुपैंया शुल्क लाग्ने श्रेष्ठले बताउनुहुन्छ । पर्यटकहरुका लागि विभिन्न क्षेत्रमा पिङ, जिप लाईन, बोटिङ, बन्जी जस्ता कुराहरु संचालनमा आउँदा आन्तिरक पर्यटकहरु आकर्षित हुन थालेका छन् ।

पर्यटकीय क्षेत्रमा यस प्रकारका पूर्वाधार निर्माणले एकातर्फ पर्यटकीय क्षेत्रको अर्थतन्त्रको चलायमान हुन्छ भने अर्काेतर्फ पर्यटकहरुको नयाँ–नयाँ कुराहरु अनुभव गर्न पाउने ईच्छा समेत पूरा हुने गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२%१%१%

प्रतिक्रिया दिनुहोस