२०८१ मंसिर १३, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाली काँग्रेसको अन्तरक्रिया कार्यक्रम कावासोतीमा सम्पन्न

२०७८ फागुन ३, मंगलबार प्रकाशित ( साल अघि) १९१८ पाठक संख्या

कावासोती । नवलपुर जिल्लाको कावासोतीमा नेपाली काँग्रेसको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कावासोतीमा क्षेत्र नं २ “क” अन्तर्गतका गाउँ- नगर सभापति र वडा सभापति भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै जिल्लामा पार्टी गतिविधिलाई तिव्रता दिन थालिएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं २ “क” का क्षेत्रीय सभापति रामचन्द्र भण्डारीको अध्यक्षता भएको कार्यक्रममा संबिधान सभा सदस्य महेन्द्र ध्वज जिसी प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति जिसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक संस्कार भएकाले पार्टी र संगठनलाई सुदृढ बनाउन वडा तहदेखि नेतृत्व गर्ने सभापतिदेखि सदस्य सवैले ईमान्दारीताका साथ सवैलाई समेटेर पार्टी संगठन बलियो बनाउनुपर्ने बताउनुभयो ।

Download.jpeg

त्यस्तैगरी सभापति भण्डारीले आसन्न निर्वाचन र संगठन सुदृढिकरण सँगै पार्टीलाई सशक्त बनाउने विषयमा अन्तरक्रिया भएको बताउनुभयो । अन्तरक्रियामा विगतको समिक्षासँगै भावी दिनमा यस क्षेत्रसँगै पालिका र वडा वडा तहमा काँग्रेसलाई कसरी अब्बल बनाउने भन्ने सन्दर्भमा सुझाव टिप्पणी लिईएको समेत कांग्रेसले जनाईएको छ । उक्त अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य पार्टीगत संगठन कसरी बलियो बनाउने, पार्टीगत एकता कसरी सुधार गर्ने तथा जनताको प्रतिक्रिया अनुसार आगामी दिनमा हामीहरु जनताकाबिच हाम्रो एकताको सन्देश कसरी पुर्याउने रहेको थियो ।

FB_IMG_1644927099583

कार्यक्रममा कावासोती नगर कार्य समितिका सभापति शालिकराम ढकाल,  बौदीकालीका सभापति केवी राना, हुप्सेकोटका सभापति बलबहादुर राना सहित क्षेत्र नं २ “क” का २१ वटै वडाका वडा सभापतिहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, बौदीकाली अध्यक्ष दुर्गाबहादुर राना र मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर राना लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस