काठमाडौं । दलित समुदायबाट सीता परियार पहिलो महिला सीडीओ बन्नु भएको छ ।
नेपाल सरकारको राजपत्रांकित द्धितिय श्रेणी उपसचिव सरहकी परियारलाई गृहमन्त्रायले हुम्ला जिल्लाको सीडीओ खटाएको हो ।
भक्तपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी परियारलाई बिहीवार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गर्दै हुम्ला जिल्लाको जिम्मेवारी दिएका हुन ।