२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

एमाले हुप्सेकोटको पार्टी कार्यालय स्थापना

२०७८ फागुन ७, शनिबार प्रकाशित ( साल अघि) ९३४ पाठक संख्या

प्रिय धन , हुप्सेकोट – नेकपा एमाले हुप्सेकोट गाउँ कमिटीले पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।

हुप्सेकोट गाउँपालिकाको ३ गिरुवारी स्थित तारा बहादुर कार्कीको घरमा फागुन ७ गते पार्टी कार्यालय स्थापना गर्न लागिएको नेकपा एमाले हुप्सेकोट गाउँकमिटीका अध्यक्ष चेतन रानाले जानकारी दिए ।

 

पार्टी कार्यालयको एमाले केन्द्रिय सदस्य तिलक महतले उदघाटन गर्ने कार्यक्रम तय भएको हुप्सेकोट गाउँकमिटी सचिव मदन थापाले बताए ।साथै सोही भवनमा अनेम संघ हुप्सेकोट, अनेरास्ववियु हुप्सेकोट , वडा नम्वर ३ को वडा कमिटी कार्यालय र राष्ट्रिय युवा संघ नेपाल हुप्सेकोट गाउँकमिटीको कार्यालय रहने नेकपा एमाले हुप्सेकोट गाउँकमिटीका सचिव मदन थापाले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस