बाँके । बाँकेमा घास–दाउराका लागि जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ ।
प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका ६ का ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बिहान मृत्यु भएको हो। चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए ।
उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । लाउनेलाई बाघले घिसारेर लगेको थियो।
उनको शव १० बजेतिर फेला परेको थियो । बाँकेमा असोजयता बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।