२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

वी नेपालद्वारा आयोजित तिन दिने तालिम सम्पन्न

२०७८ फागुन १८, बुधबार प्रकाशित ( साल अघि) ९१८ पाठक संख्या

काठमाडौं । अपांगता भएका महिलाहरूको आर्थिक तथा समाजिक सशक्तीकरण गर्ने उद्देश्यले वी नेपालद्वारा आयोजना गरिएको तिन दिने सीप मूलक तालिम सोमबार पर्सा जिल्ला स्थित जिराभवनाी गाउँपालिकाको महादेव पट्टीमा सम्पन्न भएको छ ।

तिन दिन सञ्चालन भएको सो तालिम अपांगता भएका व्यक्ति तथा परिवारहरूलाई लक्षित गरिएर दिइएको थियो । उक्त तालिममा क्रिष्टल तथा पोतेहरुबाट विभिन्न प्रकारका गहनाहरू बनाउन सिकाइएको तालिमकी प्रशिक्षक उमा सिलवालले बताउनु भयो । सिलवालका अनुसार तालिममा सहभागि महिलाहरूमा म गर्न सक्छु भन्ने भावना तथा आत्मविश्वास रहेको समेत जानकारी दिनु भयो ।

यसैगरी वी नेपालकी अध्यक्ष सबु पौडेलले , आफ्नो संस्थाले अपांगता भएका व्यक्तिहरूको आर्थिक उपार्जनको लागि पहिलो पटक तराइमा आएर कार्यक्रम गरेको जानकारी दिनु भयो । पौडेलका अनुसार सो तालिम अपांग भएका व्यक्ति तथा परिवारहरूलाई नै लक्षित गरिएको र यसबाट आर्थिक उपार्जन गर्न महिलाहरूलाई सजिलो हुने समेत बताउनु भयो । तालिममा सिकाइएका गहनाका प्रकारहरू महिलाहरूले घर मै बसेर बनाउनुको साथै आय आर्जन गर्न सकिने पौडेलको तर्क थियो ।

Received_490149575850651

तालिम पश्चात दिइएको क्रिष्टल र पोतेहरुबाट उत्पादन भएका सामाग्रीहरूको बजारीकरण वी नेपाल नै गरिदिनुको साथै महिलाहरूमा माग बढ्यो भने समानको मात्रा बढाएर दिने पौडेलले जानकारी दिनु भयो । त्यसैगरी उक्त तालिमा अपांगता भएका महिलाहरूका लागि महिनावारी स्वास्थ्य एवम् स्वच्छता सम्बन्धि जानकारी पनि दिइएको थियो । सो कार्यक्रममा अपांग महासंघकि केन्द्रीय सदस्य तथा मानव अधिकारकर्मी देबु पराजुलीले महिनावारी र सरसफाइको विषयमा सहभागीहरूलाई जानकारी दिनु भएको थियो । टेवाद्धारा आर्थिक सहयोग भएको उक्त अभिभुखिकरण कार्यक्रममा सहभागि महिलाहरूले महिनावारी भएको बेला घर परिवारबाट प्रताडित हुन नपरेको र अहिलेसम्म गाँउमा महिनावारीको विषयलाई लिएर कहि कतै कोही माथि हिंसा नभएको बताएका थिए । तालिमको अन्तिम दिन टेवाद्धारा आर्थिक सहयोग भै उत्पादन भएको पिरिएड प्यान्टीको समेत वितरण गरिएको थियो ।

तालिम समापनलाइ सम्बोधन गर्दै सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक केदार राईले, वी नेपाललाई धन्यवाद दिदै व्यक्तिहरूलाई आत्म निर्भर हुने वातावरण बनाउन सक्नु नै सबैको सफलता हो यसबाट मान्छे आफु बाच्न सक्छ र अरुलाई पनि बचाउन सक्छ बताउनु भयो । त्यसैगरी समाजसेवी प्रकाश थारूले वी नेपाललाई धन्यवाद दिदै फेरी पनि सीप मूलक तालिम लिएर गाउँमा आउन समेत अनुरोध गर्नु भएको थियो र आफू हमेसा राम्रो कार्यमा साथ दिने बताउनु भयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी रामशरण चौधरीले सहभागि सबैलाई धन्यवाद दिदै भविष्यमा प्रगतिको कामना गर्नु भयो । यसैगरी तिन दिने तालिममा सहभागि महिलाहरूलाई समेटिँदै पहिलो पटक जिरा भवानी गाउँ पालिकामा अपांगता भएका व्यक्ति र उनका परिवारहरूको समुह बनेको छ । स्थानीय सहविनीया देवी चौधरीको संयोजकतत्वमा नौ सदस्यिय समुह गठन भएको हो । उक्त समुहको नाम हामी दिदीबहिनी समुह रहेको छ । यस समुहले अहिले लुज नेटवर्कको रुपमा काम गर्ने र पछि आवश्यकता देखियो भने प्रशासनमा दर्ता गरि औपचारिकता दिने वी नेपालकी अध्यक्ष सबु पौडेलले जानकारी दिनु भयो । निर्माण भएको हामी दिदीबहिनी समुहले आफ्नो सवाल लाइ आफै सम्बोधन गर्न सक्ने तथा विभिन्न आवश्यकताहरूको पहिचान गरि समूहगत रुपमा काम गर्न सक्ने वातावरण सृजना हुने विश्वास अपांग महासंघ कि केन्द्रीय सदस्य तथा मानव अधिकारकर्मी देबु पराजुलीले बताउनु भयो । तालिममा १० महिलाहरूको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस