२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुर कांग्रेस सभापतिमा जिसी निर्विरोध 

२०७८ फागुन २०, शुक्रबार प्रकाशित ( साल अघि) १३२१ पाठक संख्या

कावासोती । नेपाली कांग्रेस पूर्वी नवलपरासीको सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन भएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेका अनुसार सभापतिका अर्का आकांक्षी बालकृष्ण घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि जिसी निर्विरोध भएका हुन् ।

सभापतिमा शुक्रबार मनोनयन दर्ता गरेका जिसीलाई सभापति बनाउन घिमिरेले सहमति जनाएको लामिछानेले बताए ।

कांग्रेसमा ४२ वर्षदेखि सक्रिय जिसी पहिलोपटक कांग्रेसको जिल्ला सभापति चयन भएका हुन् । उनी ३०३६ सालपछि २ पटक तत्कालीन जिल्ला पञ्चायतका सभापति र दुईपटक प्रतिनिधि सभामा निर्वाचित भइसकेका व्यक्ति हुन् । ६६ वर्षीय जिसी नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

कांग्रेस निर्वाचन समितिका संयोजक अधिवक्ता गणेश अधिकारीले सभापतिका प्रत्यासी बालकृष्ण घिमिरेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको पुष्टि गरे । उपसभापति, सचिव र सहसचिवमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको लामिछानेले बताए ।

कांग्रेस महासमिति सदस्य र जिल्ला सदस्यहरुका लागि शनिबार मतदान हुँदैछ । जिल्लामा कूल १९ सय ७२ मतदाता रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस