२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

बुटवल- नारायणगढ सडकमा सास्ती, ठेकेदारको काम निराशाजनक

२०७८ चैत्र ८, मंगलबार प्रकाशित ( साल अघि) ८७० पाठक संख्या

 

कावासोती – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ ।

 

विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गर्नुभएको थियो । सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएको सो सडक पुनर्निर्माणको प्रगति भने निराशाजनक छ ।

बुटवल–नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवं ग्रामीणक्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुनेछ । एक सय १४ किमीमध्ये २८ किमीमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ । सडक विस्तारको ९० प्रतिशतभन्दा बढी काम सक्नुपर्ने समयमा बल्ल करीब १० प्रतिशत काम सकिएको छ ।

तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल खण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ ९पूर्वी खण्ड० र दाउन्ने—बुटवल ४९ किमी सडकलाई खण्ड २ ९पश्चिम खण्ड०मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले दुवै खण्डको ठेक्का पाएर काम अगाडि बढाइरहेको छ ।

सडक विस्तार सुरु भएदेखि नै कामले गति लिन सकेको छैन । कछुवाका गतिमा अगाडि बढेको सडक विस्तारको काम सुरु भएदेखि यात्रुले सास्ती खेप्दै आइरहेका छन् । सडक विस्तारको काम भएसँगै गैँडाकोट क्षेत्रमा साना पक्की पुल माइनर ब्रिज निर्माणका लागि सडक डाइभर्सन गर्ने काम सुरु भएको थियो । सडक विस्तारको काम सुरु भएपछि बिग्रिएको –भत्किएको बाटो मर्मतको कामसमेत ठप्प भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस