२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

चुनाव केन्द्रित अभियानमा नवलपुर कांग्रेस

२०७८ चैत्र ८, मंगलबार प्रकाशित ( साल अघि) ८३० पाठक संख्या

 

कांग्रेसको चुनावी घरदैलो अभियान

कावासोती । नेपाली कांग्रेस नवलपुरले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले अभियान थाल्न लागेको हो।

कांग्रेसले ‘घरघर जाउँ, कांग्रेस जिताऔं’ अभियान संचालन अभियानको सुरुवात गरे सँगै नवलपुरमा पनि कांग्रेसले अभियानलाई तिब्रताका साथ अगाडि बढाएको छ ।

अभियानका क्रममा देशभरका ७७ वटै जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिध खटाएको छ । यस्तै एक महिने अभियानका लागि कांग्रेसले आठ वटा उद्देश्य समेत तय गरेको छ ।

अभियान अन्तर्गत नवलपुर कांग्रेसले संघिय क्षेत्र नं १ र २ मा भेला सम्पन्न गरिसकेको कांग्रेस नवलपुरका सचिब महेन्द्र पोख्रेलले जानकारी दिए ।

त्यसै गरि कांग्रेसले अभियान अन्तर्गत मंगलबार संघीय निर्वाचन  क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” र “ख”मा निर्वाचन लक्षित प्रशिक्षण सम्पन्न गरेको छ ।

यस्तै पार्टीका विभिन्न समिति र नेतारकार्यकर्ताबीच समन्वय तथा सौहार्दता वृद्धि अभियानमार्फत् गरिने सचिब पोखरेले बताए । सत्यतथ्यको प्रचार र अनेक भ्रमका चिरफार यस चुनावी अभियानमार्फत् सञ्चालन गरिने उनले बताएका छन् ।

संघीय निर्वाचन क्षेत्र , प्रदेश सभा निर्वाचन क्षेत्र ,स्थानीय तह, तथा सबै वडाहरुमा प्रतिनिधि र प्रशिक्षक खटाएर एम – सीसी परियोजनाको र यसको आवश्यकता , यस अघि कांग्रेसले गरेका राम्रा र जनमुखी काम, स्थानीय निर्वाचनमा कांग्रेसको भुमिका र ओलि नेतृत्वको सरकारले गरेका गलत कामको विषयमा जनतालाई प्रशिक्षण गराउने केन्द्रिय नीति अनुरुप नवलपुरमा पनि अभियानलाई निरन्तरता दिएको छ ।

चैत २९ गतेसम्म एक महिना चल्ने अभियानका क्रममा काग्रेसका नेता- कार्यकर्ता जनताका घरदैलोमा पुग्ने कार्यक्रम तयार गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%१%

प्रतिक्रिया दिनुहोस