२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

सञ्चारिका समुहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित

२०७८ चैत्र १२, शनिबार प्रकाशित ( साल अघि) ९०८ पाठक संख्या

काठमाडौं । सञ्चारिका समुहको अध्यक्ष पदमा विमला तुम्खेवा निर्वाचित हुनु भएको छ । शुक्रवार सञ्चारिका समुहको ८ औ अधिवेशनमा तुम्खेवाले दुई मतको अन्तर दिई प्रतिद्वन्दी कमला पन्थीलाई पराजित गर्नु भएको हो ।

विमलाले ८५ मत ल्याउँदा कमला  पन्थीले ८३ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वशी बस्न्यात विजयी हुनु भएको छ । यसैगरी सदस्यहरूमा सलोजा दाहाल,पार्वताचौधरी,सजना तामाङ् नुनुता राइ, मञ्जिमा ढकाल , लोकसरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी हुनु भएको छ ।

Received_363269535694985

सञ्चारिका समुह महिला पत्रकारहरूको गुणात्मक वृद्धि तथा सञ्चारमा पत्रकार महिलाहरूलाई स्थापित गर्न काम गर्दै आइरहेको पत्रकार महिलाहरूका सस्था हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस