२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा चुनावका लागि १६ दल दर्ता

२०७८ चैत्र १६, बुधबार प्रकाशित ( साल अघि) ७४१ पाठक संख्या

कावासोती । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नवलपुरमा १६ राजनीतिक दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार ५ ठूला दलबाहेक १६ वटा साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो ।

आयोगले तोकेको समयमा जिल्लामा रहेका १६ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । देश भक्त जनगणतान्त्रीक दलले भने चुनाव बहिस्कार गर्ने जनाउदै दल दर्ता नगराएको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

भुसालका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १६ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको भुसालले बताए ।

त्यस्तै पूर्वी रुकुम‚ रोल्पा‚ पश्चिम रुकुम‚ सल्यान‚ जाजरकोट‚ बझाङमा ७ वटा दल दर्ता भएका छन् भने पाँचथर‚ जुम्ला‚ दैलेखमा ८ दल दर्ता भएका छन् । त्यस्तै ताप्लेजुङ‚ तेह्रथुम‚ पाल्पा‚ प्युठान‚ मुगु‚ हुम्ला‚ बाजुरा‚ डोटीमा ९ दल दर्ता भएका छन् । भोजपुर‚ अछाम‚ दार्चुला‚ बैतडी‚ डडेलधुरामा १० दल; इलाम‚ संखुवासभा‚ अर्घाखाँची‚ गुल्मीमा ११ दल दर्ता भएका छन् । यसैगरी धनकुटा‚ रसुवा‚ लमजुङमा १२ वटा दल दर्ता भएका छन् भने खोटाङ‚ सोलुखुम्बु‚ ओखलढुंगा‚ स्याङ्जा‚ बाग्लुङमा १३ दल दर्ता भएका छन् ।

पर्वत‚ म्याग्दी‚ कालिकोटमा १४ दल; दोलखा‚ पूर्वी नवलपरासीमा १६ दल; तनहुँमा १७ वटा दल; रामेछाप र गोरखामा १८ वटा दल दर्ता भएका छन् । त्यस्तै सिन्धुपाल्चोक‚ सुर्खेत र कञ्चनपुरमा १९ दल; महोत्तरी‚ सिन्धुली र बर्दियामा २० वटा दल; धादिङ‚ नवलपरासी पश्चिम‚ कपिलवस्तु र दाङमा २१ दल दर्ता भएका छन् भने उदयपुर र नुवाकोटमा २२ दल दर्ता भएका छन् ।

बाँके र कैलालीमा २३ दल दर्ता भएका छन् भने काभ्रे र मकवानपुरमा २४ दल दर्ता भएका छन् । कास्कीमा २५; सिराहा र धनुषामा २६; पर्सामा २७; सप्तरी‚ चितवन र भक्तपुरमा २८; सर्लाही र बारामा २९; झापा र रौतहटमा ३० दल दर्ता भएका छन् । त्यस्तै ललितपुरमा ३१; सुनसरी र रुपन्देहीमा ३२ र मोरङमा ३३ दल दर्ता भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस