२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते

२०७८ चैत्र १७, बिहिबार प्रकाशित ( साल अघि) १६५५ पाठक संख्या

नवलपुर । पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गमा पर्ने गैंडाकोट नगरपालिका वडा नम्बर–१५, अमरापुरीमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ५९२२ नम्बरको ट्रकमा सोही दिशा (गुल्मीबाट काठमाडौँ) आउँदै गरेको लु २ ख ४२३४ नम्बरको बस ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा हुँदा बसमा सावर ४० जनामध्य १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको प्रहरीले जनाएको छ।

ट्रक र ट्रकका चालक भने अस्थायी प्रहरी पोष्ट बेल्डियाको नियन्त्रणमा छन्। दुर्घटनामा परी रूपन्देही, गुल्मी, रोल्पा र अर्घाखाँचीका यात्रुहरू घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था सामान्य छ भने केहीको मध्यम रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस