२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

चुनाव चर्चा: कावासोतीमा मेयरका लागि कांग्रेसबाट मात्रै १० जनाको दाबी

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित ( साल अघि) २३५८ पाठक संख्या

कावासोती । कावासोती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट १० जना नेताहरुले आकांक्षा व्यक्त गरिरहेका छन् । स्थानीय तहको आसन्न निर्वाचनमा मेयर पद्का लागि जनप्रतिनिधि देखि पार्टीका जिम्मेवार नेताहरु तयारीमा जुटेको चर्चा भइरहेको छ ।

 

कावासोती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट को–को उम्मेदवारका आकांक्षी रहेका छन् भन्ने बिषयले अहिले चर्चा पाएको छ । स्थानीय चुनावका लागि कावासोतीमा दलहरूले उम्मेदवार छान्न सुरु नगरे पनि सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । खास गरी प्रमुख राजनीतिक दल नेपली कांग्रेस र नेकपा एमाले पार्टीले कसलाई टिकट दिने भन्ने सवालमा अहिले चर्चा हुन थालेको छ ।

 

कावासोती नगरपालिकाको मेयरका लागी मंगलबार मात्रै काङ्ग्रेस नेता दुर्गा रिजालले मेयरमा आफ्नो उम्मेदवारी घोषणा नै गरिसकेकी छन् । त्यस्तै अर्का कांग्रेसका नेता सुरज गुरुङले स्थानीय निर्वाचन नजिक आइरहेको समयमा अग्रजहरू, साथीभाइहरू एवं नगरवासीबाट नगरको मेयरमा अघि सर्ने होइन भन्ने प्रश्नले लखेटिरहेको भन्दै घुमाउरो रुपमा आफू पनि आकांक्षी हुन सक्ने संकेत गर्नुभएको छ ।

 

यसैगरी कांग्रेसका अर्का नेता ऋषी कँडेलले यस अघिनै आफ्ना ४५ बुँदे प्रतिवद्धता सहित मेयरमा उम्मेदवारी दिने आकांक्षा सामाजिक संजालबाट सार्वजनिक गरि सक्नु भएको छ । यसैबीच नगर प्रमुखमा नेपाली कांग्रेसबाट यसअघिको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नुभएका काङ्ग्रेस नेता महेन्द्र पोख्रेल फेरि उम्मेदवार बन्ने इच्छा देखाएको पाईन्छ ।

 

त्यसैगरी काँग्रेसबाट सालिकराम ढकाल , हेमु देवकोटा, रामचन्द्र भण्डारी, श्याम श्रेष्ठ, कपिल भुसाल, झपेन्द्रश्वर भुसाल लगायतले आकांक्षा देखाएका छन् । कांग्रेसभित्र माओवादीसँग गठबन्धन हुने प्रवल सम्भावनासँगै उम्मेदवाराको चर्चा आन्तरिक रुपमा शुरु भएको हो ।

 

२०७४ को चुनावी परिणाम कस्तो थियो ?

कावासोती नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी चन्द्रकुमारी पुन १३०४१ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १२५९४ मत पाएका थिए भने उपप्रमुखमा नेकपा एमालकै प्रेमशंकर मर्दनियाले १३८१४ मत पाएर विजयी हुदाँ नेपाली कांग्रेसकी खगीसरा गुरुङ ११६९३ मतका साथ साथ उपविजेता बनेकी थिईन । १७ वडा रहेको कावासोती नगरपालिकामा ८ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ८ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वटा वडाका् वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%८%३%

प्रतिक्रिया दिनुहोस