२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

सेतापानीमा कांग्रेसको वडा कार्यालय उद्घाटन, ३७ जना कांग्रेसमा प्रवेश

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित ( साल अघि) १६०१ पाठक संख्या

कावासोती  । नेपाली कांग्रेसको मध्यबिन्दु नगरपालिका वडा नम्बर १ स्थित सेतापानीमा कार्यालय उद्घाटन भएको छ । बिधायन समितिको सभापति एवं गण्डकी प्रदेशका महामन्त्री बिष्णु लामिछानेले कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता लामिछानेले जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र संघमा अत्याधिक बहुमत दिए पनि उनीहरू आफ्नै पदका लागि मात्रै हानाथाप गरेको बताए ।

Received_667058724571974

उनले एमाले अध्यक्ष केपि शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ध्वस्त पार्न खोजेकाले यसको संरक्षणका लागि गठबन्धन गरेर कांग्रेसले सरकारको नेतृत्व लिएको बताए । कम्युनिष्टहरूले कुरा मात्रै गर्ने तर काम नगर्ने बताउँदै नेता लामिछानेले कांग्रेसले आफुले प्रतिवद्धता गरेका काम पूरा गरेर जनताको हित गरिरहेको बताए । उनले जनताको भविष्य कांग्रेससंग र कांग्रेसको भविष्य जनतासंग रहेको बताउँदै कांग्रेसले सधैं जनताको पक्षमा रहेर काम गर्ने बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु कुमार कार्कीले भूमीहीन, अब्यवस्थित बसोबासी र सुकुम्बासीहरुलाई जग्गाधनि प्रमाण पुर्जा बितरणको तयारीमा काङ्ग्रेस नेतृत्वको वर्तमान सरकार लागिरहेको र केही महिनामै पुर्जा वितरण हुने बताएका छन् । कार्कीले मध्यविन्दुमा कांग्रेसको सक्रियता बढेसँगै जनताको विश्वास बढ्दै गएको बताए । मध्यविन्दुमा कांग्रेसलाई मजबुत बनाउन सबै एकजुट भएर लाग्नुपर्ने कार्कीको जोड थियो ।

Received_3209510092665270

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापती बालकृष्ण घिमिरे, चन्द बहादुर राना , प्रदेश सदस्य ओमकुमारी महतो , सह-सचिव उदयराज आर्याल, कोषाध्यक्ष राजकुमार महतो , प्रदेश सभाका सभापति कृष्ण तिवारी, केन्द्रीय महाधिवेशन प्रतिनिधि शंकर तिवारी , टिकाकुमारी महतो, नगर सभापति दोमन भण्डारी लगायत नेताहरुले मन्तब्य राखेका थिए ।

Received_915029005797740

वडा सभापति इन्द्र बहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस नवलपुरका कोषाध्यक्ष राजकुमार महतो , सहसचिव उदयराज आर्याल,क्षेत्रीय सभापति जगत बहादुर कार्की , सहसभापति सुर्य गुरुङ , क्षेत्रीय सदस्य गुनाखर चापागाई , प्रदेश सभाका सचिव सतिश राई, नगर सभापति दोमन भण्डारी र सचिव तिलक न्यौपाने लगायत निर्वाचित जनप्रतिनिधि, नगर, गाउँ, वडाका प्रतिनिधि, भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

Received_277574431230174

कार्यक्रममा सोही वडाबाट ३७ जना नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नगर सचिब तिलक न्यौपाने जानकारी दिए । उनीहरूलाई प्रमुख अतिथि बिष्णु लामीछानेले स्वागत गरेका हुन् । उनीहरुलाई अबिर दोसल्लाले स्वागत तथा सम्मान गरि पार्टीमा प्रवेश गराएको थियो ।

Received_1174168016455855

Received_383763270012038

Received_715513546289105

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%१%

प्रतिक्रिया दिनुहोस