२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्कुटरको ठक्करबाट एकको मृत्यु

२०७८ चैत्र २८, सोमबार प्रकाशित ( साल अघि) १०७६ पाठक संख्या

गैँडाकोट । स्कुटरको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ।

गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित राजर्मागमा बा. प्र. ०३-००३ प २८३४ नम्बरको स्कुटरको ठक्करबाट स्थानीय ७५ वर्षका लालप्रसाद न्यूरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले जानकारी दिनुभयाे ।

स्कुटरको ठक्करबाट गम्भिर घाईते भएका न्यूरेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

बृद्धलाई ठक्करदिने स्कुटर चालक गैँडाकोट ८ का २३ वर्षीया मेनुका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस