२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी फेरी पनि सर्वोत्कृष्ट 

२०७८ चैत्र ३०, बुधबार प्रकाशित ( साल अघि) २०२४ पाठक संख्या

काठमाडौं, २८ चैत
बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी फेरी पनि सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायहरूमध्ये बेरुजु फर्छ्यौट  मापनको वर्गीकरणमा आ.व.२०७६र ०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।


गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रशंसापत्र प्रदान गर्नुभयो ।


प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरूको आ.व. २०७६र०७७ सम्मको कूल बेरुजु रकममध्ये ८९.३५ प्रतिशत फर्छ्यौपट गरी बेरुजु फछर्यौट मल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार मन्त्रीस्तर को निर्णय अनुसार बेरुजु फर्छ्यौटका प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।


बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा विगत ४ आ.व. देखी निरन्तररूपमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस