२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

अश्लिल भिडियो देखाएको आरोपमा जनक मावि गैँडाकोटका शिक्षक प्रहरी नियन्त्रणमा

२०७९ बैशाख ४, आईतबार प्रकाशित ( साल अघि) १६३१ पाठक संख्या

गैँडाकोट । गैँडाकोट ५ नवलपुरको जनक माविमा पढाउने एक शिक्षकले कक्षा १२ पढ्ने छात्रालाई मोवाइलमा अश्लिल भिडियो देखाएको भन्दै दोषीलाई कारवाही गर्न विद्यार्थीहरुले माग गरेका छन् । शिक्षक कपिल घिमिरेले कम्युटर ल्यावमा विद्यार्थी एक्लैलाई अश्लिल भिडियो देखाएको र आफूसँग पनि सम्बन्ध राख्न भनेको विद्यार्थीहरुले बताएका छन् ।

चैत ३० गतेको सो घटना भएपनि विद्यालय प्रशासनले शिक्षकलाई कारवाही गर्न विद्यार्थीले गरेको मागलाई वेवास्ता गर्दा भौतिक क्षती तथा मानिस घाइते हुने सम्मको अवस्था आएको उनीहरुको भनाई छ । शिक्षक घिमिरे विरुद्ध विद्यार्र्थीले प्रशासनलाई जानकारी गराएको तर विद्यालयले छात्राको अभिभावकलाई पनि कुनै जानकारी नदिएको र विद्यार्थी शिक्षकवीच समेत छलफल नगराएको विद्यार्थीको आरोप छ । ३० गतेको घटनामा आजसम्म पनि विद्यालय प्रशासनले न्याय दिने कुनै विधि नपनाएको भन्दै आन्दोलनमा आउनुपरेको विद्यार्थीहरुको भनाई थियो । न्याय पाउनैपर्ने माग उनीहरुको छ । विद्यार्थीले न्याय माग्दा प्रहरी बोलाएर कुटेको भन्दै आन्दोलन चर्को भएको थियो । प्रहरी बोलाएपछि विद्यार्थी प्रहरीवीच झडप भएको थियो । विद्यार्थी प्रहरी दुतैतर्फ घाइते छन् ।

उनीहरुले विद्यालय परिसरमा चर्को नाराबाजी लगाउँदै प्रधानाध्यापक चुडामणी शर्मा कडेँल र आरोपित शिक्षक कपिल घिमिरेको मोटरसाइकल जलाइदिएका छन् । विद्यालयका बेन्चकुर्ची, सिसिटिभि सिसा लगायतमा उनीहरुले तोडफोड गरेका हुन् ।
आरोपित शिक्षकलाई प्रहरीले हत्कडी लगाएपनि विद्यार्थीहरुले कालोमासो र जुत्ताको माला लगाउन पाउनुपर्ने माग राखेपछि थप तनावग्रस्त बनेको थियो । वी वान्ट जस्टिस्, दोषीलाई फाँसी दे, जुत्ताको माला र कालोमोसो लाउन दे लगायतका नारा सहित विद्यार्थीले चर्को नाराबाजी गरेका थिए ।
छात्राका अभिभावकले दोषीलाई कडा कारावही गर्न माग गरेका छन् । शिक्षा दिने शिक्षकले यतिसम्मको हर्कत गर्छन भन्ने नसोचेको तर आज पीडितबाटै सुन्न वाध्य भएको भन्दै सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न पीडितको हजुरबुबा डोलबहादुर परियारले माग गर्नुभयो ।

यता विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा कडेँलले घटनाबारे विद्यार्थीले ३० गते बेलुकीपख म्याडमहरुलाई जानकारी गराएको, वैशाख १ गते विदा र त्यसको भोलिपल्ट छलफल गर्ने भनेपनि आफन्तको अपरेश परेको भनी विद्यार्थी विद्यालय नआएको बताउनुभयो । तर हिजो शनिवार आज छलफलका लागि शिक्षक,विद्यार्थी अभिभावक राखेर कुराकानी हुँदैगर्दा वाहिर तोडफोड भएको बताउनुभयो । गुनासो आएपछि विद्यालयले सवैलाई राखेर छलफल गर्ने र त्यसपछिको प्रकृया अगाडि बढाउने तयारी भएपनि तोडफोड भएपछि अवस्था नियन्त्रण वाहिर गएको बताउनुभयो ।

आन्दोलनमा विद्यार्थी प्रहरी दुवैतर्फ घाइते छन् । तर को कति घाइते र कति क्षती भयो एकीन विवरण आइसकेको छैन ।
तर जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्वल महर्जनले भने विद्यार्थीतर्फ कुनै घाइते नभएको र सात जना प्रहरी घाइते भएको बताउनुभयो । राजमार्ग अवरुद्ध हुन नदिन वाक्लो प्रहरी परिचालन गरेको र एक घण्टा अगाडि आरोपितलाई जिल्ला प्रहरी कार्यालय लगेको जानकारी दिनुभयो । अव पीडित पक्षबाट जाहेरी माग्ने र अनुसन्धान गरी सोही अनुसार प्रकृया अगाडि वढ्ने एसपी महर्जनको भनाई छ । घाइते प्रहरीहरुको सीएमसीमा उपचार भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस